बालबिकास खोज्दै प्रहरी



सैघाली खबर
दाङ,२ जेठ
जुम्ला घर भई हाल शान्तिनगरको एक घरमा बस्दै आएकी एक बालिका बिचल्लीमा परिन् । १२ बर्षीया संगीता बुढा बस्दै आएको घरका सदस्यले नराम्रो ब्यबहार देखाएपछि उनी बेशाहारा जस्तै बनिन् । उक्त घटना ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आईपुग्यो । त्यसपछि उनको हेरचाह, पालण पोषणका लागि प्रहरीले बाल बिकास नेपाल बिजौरीलाई सम्झियो । यस अघि दुई बालबालिकालाई उक्त संस्थामा पालनपोषण र शिक्षा दिक्षाको जिम्मा लगाई सकेको प्रहरीले ति बालिकालाई पनि जिम्मा लगाए ।

अहिले दाङमा भेटिएका हरेक अशहाय बालबालिकालाई प्रहरीले बिजौरीमा रहेको असहाय बाल बिकास नेपाललाई पालनपोषणका लागि जिम्मा लगाउँदै आएको छ । अहिले बेशाहारा बालबालिका भेटिएलगतै प्रहरीले बाल बिकासलाई सम्झिदै आएको छ । बाल बिकास सञ्चालनमा आएपछि बेशाहारा बालबालिकालाई जिम्मा लगाउन प्रहरीलाई पनि सहज भएको छ । ति बालिकालाई शान्तिनगर गाउँपालिकाका जनप्रतिनिधि, महिलाअधिकारकर्मी,प्रहरीलगायतको सक्रियतामा ति बालिकालाई बालि बिकासको जिम्मा लगाईएको हो ।

शान्तिनगर गाउँ कार्यपालिका सदस्य चन्द्रा सुनार, शान्तिनगर गाउँपालिका वडा नंबर ४ का सदस्य बिष्णु घर्ती, महिलाअधिकारकर्मी राधिका परियारलगायतको पहलमा ति बालिकाको सुरक्षा, पालनपोषण, शिक्षादिक्षाका लागि संस्थाका कोषाध्यक्ष सीमा वली मार्फत संस्थालाई जिम्मा लगाईएको हो । शाहारा बिहिन बालबालिकाको पालनपोषण शिक्षा दिक्षाका लागि कुनै पनि सरकारी निकाय नभएपछि अहिले असहाय बाल बिकास नेपाल बिजौरीले पालन, पोषण शिक्षा दिक्षा दिदै आएको छ । अहिले उक्त संस्थामा २० जना बालबालिकाहरुलाई पालण पोषण तथा शिक्षा दिक्षा दिईदै आईएको अध्यक्ष बिष्णु चौधरीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्