दाङमा पहिलो पटक क्रिकेट लिग हुने



सैघाली खबर
दाङ,२ जेठ
दाङमा पहिलो पटक क्रिकेट लिग हुने भएको छ । दगांली युथ क्लवको आयोजनामा दाङ क्रिकेट लिग प्रतियोगिता २०७५ हुने भएको हो । मगंलवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जेठ ९ गते देखि १५ गते सम्म दाङ क्रिकेट लिग हुने आयोजकले जानकारी दिएको छ । दाङको लिगको पहिलो अभ्यास हो । यस अघि दाङमा यस्तो खेल भएको थिएन् । दाङमा नयाँ क्रिकेटका नयाँ खेलाडि उत्पादनका लागि लिग आयोजना गरिएको आयोजकले बताएको छ ।

दाङमा क्रिकेटको विकास ,विस्तार गर्ने र नया पिढीलाइ क्रिकेट खेलमा स्थापीत गर्ने उद्देश्यले खेलको आयोजना गरिएको क्लबका अध्यक्ष कमल डाँगीले बताए । अक्सन प्रक्रियाबाट खेलाडी तथा टिम छनौट गरिने छ । प्रतियोगिताका लागि आयोजकले दाङका ६ स्थानलाई समेटेर टिमको नामाङकरण गरिएको छ । जसअनुसार घोराही बलास्टर, रोयल तुलसीपुर, लमही किङस, गढवा लाईन्स,राईजिङ पुरन्धारा र भालुवाङ वारियर्स रहेका छन् ।

यी ६ टिम खरिदका लागि आयोजकले खेलप्रेमी,उद्योगी, ब्यबसायीलगायत आम सर्वसाधारणमा पत्रकार सम्मेलन मार्फत आह्वान गरेको छ । प्रतियोगितामा दाङमा रहेका खेलाडिहरुलाई छनौट गरि अक्सन प्रक्रिया अर्थात खरिद बिक्रीका आधारमा ६ टिममा बिभाजन गरिने आयोजकले जनाएको छ । बिगतको खेल शैली भन्दा फरक शैलिमा प्रतियोगिता सञ्चालन हुने भएकाले लिगको आधारमा खेलाइने छ ।

प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद सहित शिल्ड, ,प्रमाणपत्र र दोस्रो हुनेले २० हजार नगद सहित शिल्ड प्रमाणपत्र गिफ्ट प्राप्त गर्नेछन् । उक्त खेलको जेठ ९ गते घोराहीमा उद्घाटन गरिने छ । भने १५ गते तुलसीपुरमा समापन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता दाङका घोराही,तुलसीपुर,लमही,भालुवाङ, पश्चिम पुरन्धरा लगायतका ठाउँमा हुने भएको छ । दगांली युथ क्लवका अध्यक्ष कमल डागीँको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्