‘सहकारीको गर्भमा समृद्ध समाजवाद’



सैघाली खबर
दाङ,२ जेठ
समृद्ध समाजवाद सहकारीको गर्भमा रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । पछिल्लो समय समृद्ध समाजवाद निर्माण गर्ने नाराले चर्चा पाएको भन्दै समृद्ध समाजवाद जन्माउन सहकारीको बिकास आबश्यक रहेको बक्ताहरको भनाई थियो । जिल्ला सहकारी संघ दाङको आयोजना तथा सहकारी बिभागको सहयोगमा तुलसीपुरमा भएको पाँच दिने सहकारी नेतृत्व विकास तालिम समापनको अवसरमा बक्ताहरुले सहकारीको रेखदेख,संरक्षण गरेमा मात्रै सहकारीको गर्भबाट असल सन्तानका रुपमा समृद्ध समाजवाद जन्मिने बताएका थिए ।

सरकारले सहकारीलाई संरक्षण गरेन भने समृद्ध समाजवाद नारामा मात्रै सिमित हुने बक्ताहरुको भनाई थियो । जिल्ला सहकारी संघ दाङका उपाध्यक्ष शेषुराम भण्डारीको अध्यक्षता तथा डिभिजन सहकारी कार्यालय दाङका प्रमुख बिनोद पौडेलको प्रमुख आतिथ्य एबं ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा जिल्ला बहुद्देश्यीय सहकारी संघ दाङका सचिब शुक्रराज भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिब रुप बहादुर खत्री, सहभागिको तर्फबाट दुर्गा प्रशाद भुषाल र दिल कुमारी घर्तीले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अबशरमा बक्ताहरुले सहकारीको उदेश्य पूरा गर्न सहकारीका नेतृत्वकर्ताहरु दक्ष बन्नुपर्ने बताएका थिए ।

समापन कार्यक्रमको सहजीकरण संघका लेखा संयोजक हेमराज गौतमले गरेका थिए । बैशाख २८ गते शुक्रबार देखी शुरु भएको तालिम जेठ १ गते मंगलबार सम्म चलेको थियो । तालिममा दाङ निर्बाचन क्षेत्र नंबर ३ मा रहेका २५ सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । सहकारी नेतृत्वकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको आयोजकले बताएको छ । तालिमको प्रशिक्षकमा शेसुराम भण्डारी,बिनोद कुमार पौडेल,रुप बहादुर खत्री,हेमराज गौतम,शुक्रराज भण्डारी,कृष्ण प्रशाद शर्मा, गोबिन्द प्रशाद शर्मारहेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्