नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य निर्विरोध



सैघाली खबर
काठमाण्डौं,२ जेठ
नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।निर्वाचन समितिले यही जेठ ७ का लागि निर्वाचन मिति तय गरेको थियो । तर हरेक पदमा एकभन्दा बढी उम्मेदवारी नपरेपछि त्यसअगावै निर्वाचन समितिले निर्विरोध भएको घोषणा गरेको हो।

निर्विरोध निर्वाचित कार्यसमितिमा डा। मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडू रहेका छन् ।त्यस्तै, खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्रकुमार केसी, आदिवासी–जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेशीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा निर्वाचित भएको जानकारी निर्वाचन समितिले दिएको छ ।

दलितबाट मीनबहादुर विश्वकर्मा र विमला नेपाली, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।कांंग्रेस संसदीय दलको नेतामा यसअघि नै पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । फागुन २१ गते भएको निर्वाचनमा प्रकाशमान सिंहलाई पराजित गर्दै देउवा विजयी भएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्