मतपेटिकामा एसिड आक्रमण , मतदान स्थगित – रोल्पामा



रोल्पा १४ असार । स्थानिय तहको निर्वाचन भैरहेका बेला रोल्पा नगरपालिका १० धवाङस्थित भनभने मतदान केन्द्रमा मतपेटिकामा एसिड आतंक भएको छ ।

matadan-pic

मतदान गर्ने क्रममा मतदाताले लुकाएर लगेको एसिड मतपेटिकामा खसालेपछि मतपेटिकाबाट बिहान साढे १० बजे धुलो उडेको थियो । उक्त मतदानकेन्द्रको ‘ख’ बुथको एक मतपेटिकाबाट धुलो उडेपछि घटना सार्वजनिक भएको थियो । एसिड खसाले पछि खसेको १५० मतपत्र मघ्य १५ मतपत्रमा क्षति पुगेको छ।

प्रहरीका अनुसार एसिड राख्ने व्यक्तिको पहिचान हुन नसकेपनि अनुसन्धान कार्य जारी छ । घटना लगतै त्यहाँको मतदान कार्य रोकिएपनि ठुलो घटना नभएका कारण सवै दलका प्रतिनिधिहरुको रोहवरमा चाडै मतदान प्रकृया सुचारु गर्ने तयारी भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्