मुख्य समाचार

युवतीले झुण्डिएर गरिन्आ त्महत्या

By थाहा अनलाइन

May 16, 2018

सैघाली खबर दाङ,२ जेठ दाङमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । जिलाको घोराही उपमहानगरपालिका १७ की १७ वर्षिया दीपा परियारले गयराति झुण्डिएर आत्महत्या गरेकी हुन् । घर नजिकै रहेको पिपलको रुखमा झुण्डिएको अवस्था परियार फेला परेको बुबा दशरथ परियारले जानकारी दिए ।

सँगै सुतेकी दिदी ओछ्यानमा नभेटिदा खोज्न बाहिर निस्कदा रुखमा झुण्डिएको अवस्थामा बहिनीले फेला परेर परिवारका अन्य सदस्यलाई बोलाएकी थिइन् । मृतक परियारको शवलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पलातमा राखिएको प्रहरीले जनाएको छ ।