नारायणपुरमा निर्माण हुने भनिएको बिमानस्थल यस कारण रोकियो



 

जनक नेपाली
दाङ,२ जेठ । नारायणपुरमा निर्माण हुने भनिएको क्षेत्रिय विमानस्थलको काम ७ बर्षदेखि अलपत्र अबस्थामा रहेको छ ।विमानस्थलको सम्भाव्यता अध्ययन गरी सर्वे्को काम पुरा भएपनि निर्माणको कामले गतिलीन नसक्दा निर्माण कार्य रोकिएको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्ट मन्त्रीहुँदा २०६८ माघ १० गते नारायणपुरमा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माणका लागि पहिलो पटक त्यसको अध्ययन गर्नुभएको थियो ।

पूर्वमन्त्री विष्ट सहित नागरिक उड्ययन प्राधिकरणका नारायणप्रसाद गिरीले घोराही–तुलसीपुर सडक खण्डको पूर्वमा गुर्जे खोलादेखि पश्चिम हापुर खोला, उत्तरमा मावि निघुवारदेखि दक्षिण हाइवेसम्मको स्थलगत अनुगमन गर्नुभएको थियो । जम्मा ६ कि.मि. लम्बाइ र साढे ३ किमि चौडाइ रहेको उक्त जमिन विमानस्थल निर्माणका दृष्टिले निकै उपयुक्त रहेको प्रतिबेदन सरकारलाई झाईएको थियो ।

 

 

पनः २०६८ माघ २२ गते आन्तरिक विमानस्थल निर्माण विभागका निर्देशक सन्तोषकुमार पौड्याल र उपनिर्देशक धवेन्द्र पाण्डेले विमानस्थलको पूर्व–पश्चिम उत्तर, दक्षिणमा वन जंगलको अवस्था कस्तो छ ? कुन–कुन क्षेत्रमा पहाड छ छैन र चराचुरुङ्गीको अवस्था, सुरक्षाको दृष्टिकोणले कति सुरक्षित छ भन्ने कुराको अध्ययन गरी सोको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा बुझाएका थिए ।

सोहीबर्षको चैत्र १० गते वि.डि.आर. कन्सल्टेन्सी काठमाडौंले नारायणपुरमा आएर दोश्रो पटक गुर्जेखोलादेखि पश्चिम हापुरखोला, उत्तर मावि निघुवारदेखि दक्षिण घोराही तुलसीपुर सडकखण्डसम्मको क्षेत्रको सर्वेक्षण गरिएको थियो । विमानस्थल निर्माणका लागि स्थानीय स्तरबाट पहलको थालनी गरी क्षेत्रीय विमानस्थल निर्माण समितिको गठन गरिएको थियो । उक्त समितिले विमानस्थल निर्माणका लागि नारायणपुरमा ५ सय १६ विगाह, हापुरमा ४५ विगाह र गुठी, सरकारी गरी १२ सय १३ विगाह जमिनको व्यवस्था समेत मिलाएको

खास गरी विमानस्थलका निर्माणका लागि लेभिगेसन, कम्युुनिकेसन र सर्भिलेन्स नभएको भन्दै मन्त्रालयले फाईल बन्द गरिदिएको हो  ।

 

विमानस्थल निर्माण समितिका संयोजक भक्तिराम शर्माले बताउनुभयो । विमानस्थल निर्माणका लागि साविक त्रिपुर नगरपालिकाको वडा नं. ५ चागु, वरुवागाउँ, ३ खैरी, . २ अम्राई चारबगीया, धैरेनी, १ लमवरुवा र साविक हापुर गाविसको केही भाग नापी ल्याएर जग्गा सर्बे गर्नेकाम समेत समितिको तर्फबाट पुरा गरेको शर्माले वताउँनुभयो ।

विमानस्थल निर्माणका लागि २०६९ बैशाखमा साविक त्रिपुर नगरपालिका , घोराही नगरपालिका, तुलसीपुर नगरपालिका र जिल्ला विकास समिति दाङसँग सहमती गरी तत्कालीन संस्कृति,पर्यटन तथा नागरिक उड्ययन लोकेन्द्र विष्टलाई समेत ज्ञापनपत्र बुझाएको संयोजक शर्माले वताउँनुभयो ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र बिष्टले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हुँदा सुरु गरेको कामलाई पछिल्लो समय सरकारले वेवास्ता गरेको वताउानुभयो ।विमानस्थलको डिजाइन र सर्वे लगायतका सम्पूर्ण काम पूरा गरेको बताउँदै उहाँले त्यो काम सुरु गर्न आफैले आवश्यक गृहकार्य गर्न थालेको बताउनुभयो । सम्पूर्ण सर्वेको काम गराएर छोडेको बताउँदै विष्टले बाँकी काम गर्न सरकार पछि हटेको वताउँनुभयो । विमानस्थल निर्माणका लागि आवश्यक बजेट र केही प्राविधिक कुरा मिलाउनबाहेक सम्पूर्ण काम पुरा भएको उहाँले जानकारी दिनुभयो ।

नागरिक उड्ययन प्राधिकरण कार्यालय दाङले विमानस्थल निर्माण योजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले फाईल नै बन्द गरिदिएको वताएको छ । खास गरी विमानस्थलका निर्माणका लागि लेभिगेसन, कम्युुनिकेसन र सर्भिलेन्स नभएको भन्दै मनत्रालयबाटै फाईल बन्द गरिदिएको वताएको छ ।कार्यालयका अनुसार दाङमा भन्दा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय भैरहवा र सिमराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बढी केन्द्रित भएको जानकारी दिएको छ ।

क्षेत्रीय विमानस्थल निर्माण समितिका सदस्य दानबहादुर बुढाथोकीले राजनीतिक खिचातानीका कारण विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभयो । माओवादीले सरकार रहदा नारायणपुरका लागि ठूलो काम गर्न खोजेको तर हामीले यो कुरालाई अगाडि बढाउन सकेनौं ‘विमानस्थल निर्माणका लागि नागरिक समाज र समितिका तर्फबाट धेरै कुराभए राजनीतिक रुपमा यहाँका राजनीतिक दल एक ठाउँमा आउन नसक्दा समस्या देखिएको वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्