सरकारले तिव्र विकास चाहेको प्रधानमन्त्रीको भनाइ



सैघाली खबर
काठमाण्डौं,२ जेठ

प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारले तिव्र विकास गर्न चाहेको बताउनुभएको छ । प्रदेश नं २ का सांसदहरुको सर्वदलीय डेलिगेसनलाई मंगलबार बालुवटारमा संबोधनगर्दै प्रधानमन्त्रीओलीले देशको विकासकालागिहिमाल पहाड तराइकाजनता एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभएको हो । ‘विकासकालागिअरुको मुखताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन’प्रधानमन्त्रीओलीले भन्नुभयो, ‘विकाशकालागिआफैं अग्रसर हुनुपर्छ ।

अरुको मुखताकेर पनि हुँदैन ।’तराइको ठुलो जनसंख्याविदेशमागएर कामगरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममालगाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा थियो । सरकार देशमा सुशासन,भ्रष्टाचार नियन्त्रण,शान्तीसुव्यवस्थाकायमगर्न लागिपरेको प्रधानमन्त्रीओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले देशमा कृषिबाट मात्रै क्रान्ती सम्भवहुने भन्दै हरेक प्रदेशमा विशेष जोनहरु स्थापनागर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले प्रदेश नं २ मा कृषितथा सिंचाइ,उद्योग,पर्यटन,यातायात,स्वास्थ्य,चुरे संरक्षण तथानदी नियन्त्रण लगायतकाकार्यक्रम सञ्चालनगर्न प्रधानमन्त्रीसँगमाग गरेकाछन् । यसैगरी शिक्षातथा खेलकुद,महिला हिंसाअन्त्य,जनताआवास कार्यक्रम,अन्तराष्ट्रिय स्तरको सभाहल तथा प्रधानमन्त्री संग तराइमधेस बिशेष कार्यक्रम सञ्चालनगर्न माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्