मकालुको बेपत्ता विमान भेटियो



२ जेठ, काठमाडौं । मकालु एयरको सम्पर्कविहीन 9N AuJ विमान बाजुरामा भेटिएको छ ।

सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् ।  कार्गो सामान लिएर उडेको विमानमा चालक दलका दुई सदस्य मात्रै थिए ।

‘सम्पर्कविहीन विमानले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको छ’, महाप्रबन्धक क्षेत्रीले भने, ‘विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल हुनुहुन्छ ।’

सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको क्षेत्रीले बताए ।

बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले विमान भेटिएको जानकारी आएसँगै त्यसतर्फ प्रहरी टोली पठाइएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्