सुतली बम बिस्फोट – दाङको तुलसीपुरमा

By Thaha - Online

June 28, 2017

दाङ १४ असार । स्थानिय तह दोश्रो चरणको निर्वाचनको दिन आज असार १४ गते दाङको तुलसीपुर उपमहानगरपालिकामा सुतली बम बिस्फोट भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ३ को आधारभुत निमाबि अम्बासमा अज्ञात समुहले सुतली बम फालेर भागेको प्रहरीले जनाएको छ । चुनावी बाताबरण लाई भयभित बनाउने उद्देश्य बम बिस्फोट गरिएपनि मानविय क्षेती भने नभएको प्रहरी प्रमुख सिंह ले जानकारी दिए ।  मतदान केन्द्र भन्दा झन्डै १०० मिटर टाढा मात्र बिस्फोट भएको घटना लाइ सुरक्षा चुनौती को रुपमा ल्याइएको छ ।

भने बम बिस्फोट गराउने ब्यक्तीको पहिचान गर्नका लागि प्रहरी परिचालन गरिएको दाङ का प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए बम कस्ले बिस्फोट गरायो भन्ने तथ्य पत्ता नलागेपनि विप्लप समुहका कार्यकर्ताले बनाएको हुनसक्ने प्रहरीको अनुमान छ ।