फरार रहेका विकास पुनलाई दांग जिल्ला अदालतले पाँच वर्षको जेल सजाय तोकेको छ । उच्च अदालतको फैसलालाई उच्च अदालत तुलसीपुरले सदर गरेको छ ।
२०७० साल चैत्र ५ गते घोराहीको नयाँ बजार निवासी पदम चन्दलाई गोली हानेको घटनालाई प्रहरीले उनी बिरुद्द ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो । उक्त अभियोगमा पुनलाई २०७३ साल फागुन २९ गते पाँच वर्ष जेल सजाय सुनाएको थियो ।
अभियोगी विकास पुनले अदालतको फैसला विरुद्ध तुलसीपुरमा पुनरागवेदन गरेका थिए । पदम चन्दलाई गोली हानेपछि विकास र उनका सहयोगी त्रिशक्ति घर्तिमगरले २०७२ साल मंग्सिर ४ गते जिल्ला प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।
अदालतले त्रिशक्तिलाई पुर्पक्षकालागी जेल चलान गरेको थियो भने विकास पुनलाई धरौटीमा छाडेको थियो ।
उच्च अदालतको फैसला पछि पुन फरार रहेका छन भने फैसला पछि अभियोगी पुन प्रहरी सामु नआएको र प्रहरी प्रक्रिया अगाडी बढाउने जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह चन्दले बताउनु भयो । पहिला गुण्डागर्दी गरेको भएपनि पछिल्लो चरण उनी एमालेनिकट रहेर राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।