विप्लवको कारवाही सूचीमा रहेका रुकुमका जनप्रतिनिधिहरु



२ जेठ
रुकुम

नेपाल कम्युनिस्ट पार्टीले जिल्लाका १६ जना जनप्रतितिधिहरुलाई कारवाहीको सूचीमा राखेको छ । विकासको नाममा भ्रष्टाचार गरेको, राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा जनविरोधी कार्यमा संलग्न भएको भन्दै नेकपाले कालो सूचीमा राखेको रेखदेख साप्ताहिकले समाचार छापेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले राजिनामा दिन पठाएको पत्रको बेवास्ता गरेको भन्दै उनीहरुलाई कारवाहीको सूचीमा राखेको समाचारमा बताइएको छ ।

चौरजहारी, आठबिसकोट नगरपालिकाका मेयर विशाल शर्मा र गोरखबहादुर केसीका साथै त्रिवेणी र बाँफीकोट गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्ती र कर्णबहादुर खड्कालाई कारवाहीको सूचीमा राखेको छ ।

त्यसैगरी त्रिवेणीको ८ र २, बाँफीकाटका ३ र ९, चौरहजारीका ८ र ३, आठसिकोटका ८, ६ र १०, सानीभेरी ३, मुसीकोट १३ र ९ का वडाअध्यक्षहरुले पनि जनविरोध कार्य गरेको भन्दै नेकपाले कारवाहीको लिष्टमा राखेको समाचारमा उल्लेख गरिएको छ । उनीहरुले भष्टाचार गर्नुको साथै नीजि स्वार्थको लागि राज्यको दुरुपयोग गरेको, परिवार-नातेदारलाई भर्तीकेन्द्र बनाएको विकास बजेट बजेट कमिसन खाएर अाफ्ना अापेपासलेलाई दिने गरेको र पार्टीविरुद्ध गतिविधि गरेको अारोप नेकपा रुकुमले लगाएको छ ।

यी हुन् नेकपाले राजिनामा दिएका जनप्रतिनिधिहरु

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्