मकालु एयरको जहाज दुर्घटनाः दुवै पाइलटको मृत्यु [अपडेट]



सैघाली खबर,
काठमाडौँ २ जेठ—। बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाहुन खर्कमा फेला परेको छ । जहाजमा रहेका दुवै चालकको मृत्यु भएको छ । उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ ।घटनास्थलमा पुगेका प्रहरीले दुवै जनाको शव फेला परेको जानकारी दिएको बताइएको छ। पहिला क्याप्टेनको शव फेला परेको थियो । को पाइलटको भने घटनास्थलबाट केही पर शव फेला परेको थियो ।

९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए। जहाज क्याप्टेन किरण भट्टराई र को(पाइलट आदित्य नेपालीले उडाएका थिए।

यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुरा र हुम्लाको सीमानामा जहाज भेट्टिएको अपुष्ट सूचना आएको बताएका थिए।

यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि हुम्लाकोअदानचुली(५ हिला चौर आसपासमा दुर्घटना भएको हुनसक्ने जानकारी आएको बताएका थिए।

यो एयरलाईन्स क्याप्टेन फिजु नेपालीको हो। यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए।

यो कार्गो जहाज हो। त्यसो त यो जहाजले चार्टर्ड गरेर मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा यात्रु ओसार्ने काम पनि गर्ने गर्थ्यो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्