सैघाली खबर,
घोराही २ जेठ।
दाङमा ट्रक र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।घोराही लमही सडक खण्डको लमही नगरपालिका ६ कुलमोड नजिकै घोराहीबाट लमही तर्फ जाँदै गरेको लु १ ख ५६३२ नम्बरको ट्रक र लमहीबाट घोराही आउदै गरेको लु ३० प ९७२८ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएका थिए ।
दुर्घटनामा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका १२ हापुर निबासी २८ बर्षिय भीमबहादुर पुन र पछाडी सवार रोल्पा नगरपालिका ९ बस्ने ४० बर्षिय बुद्धीबल घर्तीको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भिर घाईते दुबैलाई उपचारका लागि लमही अस्पताल लैजाने क्रममा बाटो मै मृत्युभएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
ट्रक र मोटरसाईकल दुबै तिब्र गतिमा रहेको र घुम्तीमा दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रण लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।