१५ प्रतिशत मत खस्यो – पुर्बी रुकुममा



१४-असार /  दोस्रो चरणको निर्बाचनका अन्र्तगत पुर्बी रुकुमका ३ गाउँपालिकामा शान्तिपुर्ण तरिकाले मतदान जारी रहेको छ । जिल्लाको सिस्ने, भुमे, र पुथा उत्तरगंगा गाउँपालिकामा ३८ मतदान केन्द्रमा बिहान सात बजे देखि नै मतदान कार्य जारीर रहेको हो ।dfgd

पछिल्लो जानकारी अनुसार पुर्बी रुकुमका ३ वटै गाउँपालिकामा गरि १५ प्रतिशत मत खसेको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । ३ गाउँपालिकामा गरि जम्मा २४ हजार ४ सय ५१ मतदाता रहेकोमा करिब ३ हजार ५ सय मत खसेको हो ।

बाँकी रहेको मतदाताहरु पनि उल्लासपुर्ण बाताबरणमा लाईन लागिरहेका छन । हिजोरातभर रुकुममा भारी बर्षा भएपछि बिहानदेखि भने घाम लागिरहेको छ । पुर्बी रुकुमका ३ गाउँपालिकामा १५६ पदका लागि ४ सय १२ जनाले प्रतिष्प्रधा गर्दैछन । १ सय ६१ पद मध्य ६ पद निर्बिरोध निर्बाचित भईसकेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्