सपनामा हिरो, बिपनामा देशको सेवा ।। (भिडियो)



सैघाली खबर/काठमाण्डौँ, जेठ।
हिरो बन्ने सपना देखेर देशको सेवा गर्न पुगेका ब्यक्ति हुन् लक्ष्मण गिरी । खाँसगरि उनलाई कलाकार तथा गाएक भन्दा पनि फरक पर्दैन । तर उनि पेशाले भने नेपाल प्रहरी हुन् । सानै देखि नाच्ने, गाउने रुचि भएका लक्ष्मणले अहिले सम्म थुप्रै चलचित्र, म्युजिक भिडियोहरुमा डान्स गरिसकेका छन् भने स्टेच कार्यक्रमहरुमा पनि उनको माग उत्तिकै हुन्छ ।

खाँसगरि उनले नायक दिलिप रायमाझिको हरेक गतिबिधिलाई फलोअप गर्ने गरेका छन् । त्यसकारण नै होला धेरै ले उनिलाई दिलिप रायमाझीसंग मिल्दो जुल्दो पनि भन्छन् । केहिले त लक्ष्मणलाई दिलिपको भाई नै भन्ने गरेको अनुभव पनि उनि सुनाउछन् । लक्ष्मण भन्छन् ‘पेशाले नेपाल प्रहरी भएपनि सानै देखिको रुचि गाउने, नाच्ने भएकाले जिबन्त यसलाई निरन्तरता दिन्छु’ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्