सल्यानमा बस दुर्घटना, ३७ घाईते, २ को अवस्था गम्भीर



 

सैघाली खबर,
सल्यान, २ जेठ । सल्यानमा बुधबार बस दुर्घटना हुँदा ४० जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अबस्था चिन्ताजनक रहेको छ । जिल्लाको शारदा नगरपालिका १ सितलपाटी, पटनेरी स्थित पिपलचौतारा नजिक बिहान पौने ११ बजेतिर बस दुर्घटना भएको हो ।

सल्यानको खलंगाबाट श्रीनगरतर्फ जाँदै गरेको ना ६ ख २५०५ नम्बरको बस र श्रीनगर देखी खलंगा तर्फ आउँदै गरेको ना ५ ख ७७५० नम्बरको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।दुर्घटनामा परि कुमाख गाउँपालिका ३ का १२ बर्षिय राजन थापा र शारदा नगरपालिका –१ श्रीनगरका २१ बर्षिय हरी रोका गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई श्रीनगरमा सामान्य उपचार पछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

अहिले कान्तिपुर सामुदायिक अस्पतालमा र अधिकारी बन्धु पोलिक्लिनिकमा गरेर ३८ जनाको उपचार भैरहेको छ । सामान्य घाईते हुनेमा सिन्बाङकी ४० बर्षिय भूमिसरा खड्का, सिद्ध कुमाख गाउँपालिका २ की ४० बर्षिय बुद्धि बिक, शारदा नगरपालिका १३ का २६ बर्षिय गणेश बिक, शारदा नगरपालिका १३ कै २६ बर्षिया गंगा बिक, बागचौर नगरपालिका ५ की २७ बर्षिय पबित्रा वली, शारदा नगरपालिका ३ की ३७ बर्षिय सिता केसी लगाएतका रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्