सजिलो छ त सलमानलाई कृष्ण बन्न ?



सैघाली खबर/काठमाण्डौँ, २ जेठ।
बलिउडमा मिस्टर पर्फेक्सनीस्ट भनेर चिनिने आमीर खानले बाहुबली निर्देशक एस एस राजामौलीलाई लिएर महत्वकांक्षी फिल्म ‘महाभारत’ बनाउने उद्धघोष गरेका छन् । आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ निर्माण गर्न कुनै फिल्ममा साइन नगरेका आमिरले अबका १० वर्ष ‘महाभारत’ निर्माण गर्नमा फोकस गर्ने योजना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यतिबेला आमिर खानको ‘महाभारत’मा कृष्णको भूमिका कसले निर्वाह गर्ला भन्ने चासोको विषय बनेको छ यसअघि स्वयं आमिरले कृष्णको भूमिका निभाउने भन्ने खवर आएपनि आमिर भने कृक्ष्णको भूमिकामा सलमान खानलाई दिन चाहिरहेको बुझिएको छ ।

बताईएअनुसार आमिरले जव ‘महाभारत’निर्माण गर्ने उद्घोष गरेका थिए त्यतीखेर सलमानले उत्सुक भएर कृष्णको भूमिकाबारे आमिरलाई सोधेका थिए । ‘महाभारत’लाई भारतीय ठूला ब्यापारी मुकेश अम्बानीले सह निर्माण गर्नेछन् । यो फिल्मको कुल बजेट १ हजार करोड रुपैयाँ रहेको छ । आमिर खानको ‘महाभारत’ पाँच फिल्मको सिरिज हुनेछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्