पुरुषले यि खराब बानी कहिल्यै नर्गनुस्, जस्ले नपुंसक बनाउन सक्छ ।।



सैघाली खबर/काठमाण्डौँ, २ जेठ।
पति–पत्नीबीच सुमधुर सम्बन्ध कायम राख्न शारीरिक सम्पर्कको निकै ठूलो महत्व हुने गर्दछ । व्यस्त जीवनशैली, गलत खानपान तथा विभिन्न बानीका कारण पुरुषहरू इरेक्टाइल डिसफङ्सनको शिकार हुने गर्दछन् । इरेक्टाइल डिसफङ्सन एक यस्तो समस्या हो, जसमा पुरुषहरूमा आत्मविश्वासको कमी तथा अधुरो हुने गर्छ ।

के हो इरेक्टाइल डिसफङ्सन भनेको के हो ?

सम्भोग गर्ने क्रममा पुरुषको लिङ्ग उत्तेजित नहुनु वा उक्त उत्तेजनालाई लामो समयसम्म टिकाइराख्न असमर्थ हुन नै इरेक्टाइल डिसफङ्सन हो । इरेक्टाइल डिसफङ्सनलाई स्तम्भन दोष, नपुंसकता तथा शीघ्रपतन पनि भन्ने गरिन्छ । यो समस्या ४० वर्ष उमेर समूहका मानिसमध्ये पाँच प्रशित पुरुषहरूमा देखिने गर्छ । यो समस्या उमेर बढेसँगै बढ्ने गर्छ । यस समस्याका कारण एउटा व्यक्ति मात्र नभई उसको पार्टनर समेत प्रभावित हुने भएकाले यो समस्या तुरुन्तै समाधान गर्न जरुरी छ ।

इरेक्टाइल डिसफङ्सनका कारण

सम्भोग गर्ने क्रममा चरम सुख प्राप्तिका लागि लिङ्ग पर्याप्त मात्रामा उत्तेजित हुनुपर्छ । त्यसो नभएमा पुरुषमा विभिन्न समस्या निम्तने गर्छ । त्यसैले पनि पुरुषहरूमा इरेक्सनको समस्या किन भइरहेको छ भन्ने जान्नु निकै आवश्यक छ ।

धूमपान

धूमपानका कारण पनि पुरुषहरूमा इरेक्टाइल डिसफङ्सनको समस्या निम्तनसक्छ । विशेषगरी धूमपानको सेवनका कारण शरीरमा रक्त सञ्चार राम्रोसँग हुन सक्दैन र यसको असर सम्भोगका क्रममा देखिने गर्दछ ।

मदिरापान

अत्यधिक मात्रामा मदिराको सेवनले रक्त धमनीमा रगतको प्रवाह कम हुने गर्छ, जसका कारण पुरुषको लिङ्गमा पर्याप्त मात्रामा रक्तप्रवाह हुँदैन र पुरुषमा नपुंसकता हुनसक्छ ।

औषधी

उच्च रक्तचाप तथा तनाव कम गर्न खाइने औषधीले पनि यौन जीवनलाई प्रभावित पार्नसक्छ ।

तनाव

तनाव वा डिप्रेसन पुरुषको सेक्स लाइफका लागि निकै घातक मानिन्छ । तनावकै कारण शरीरमा विभिन्न रोगसमेत लाग्नसक्छ । जसका कारण पुरुषहरूमा नपुंसकता समेत निम्तिन सक्छ ।

मोटोपना

अतिरिक्त वजनको सोझो असर पुरुषहरूको लिङ्गमा पर्छ । यसबाट मेल हर्मोनको उत्पादन सुस्त गतिमा हुन्छ । यसको असर सेक्स लाइफमा नपरोस् भनेर नै चिकित्सकहरू पुरुषलाई तौल नियन्त्रणमा राख्न सल्लाह दिने गर्छन् ।

उच्च कोलेस्ट्रोल

रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा रक्त धमनीमा अवरोध सिर्जना हुन्छ, जसले गर्दा शरीरमा रक्त प्रवाह सुस्त गतिमा हुन्छ । र, यसको असर पुरुषहरूको यौनांगमा देखिने गर्छ ।

मुटुसम्बन्धी समस्या

विलासी जीवनशैली तथा गलत खानपानका कारण पनि हिजोआज कयौ मानिस मुटुसम्बन्धी रोगबाट पीडित छन् । मुटु सम्बन्धी रोगकै कारण मानिसहरू शारीरिक सम्बन्ध बनाउन असमर्थ हुने गर्छन् । जसका कारण इलेक्टाइल डिसफङ्सनको समस्या निम्तने गर्दछ ।

मधुमेह

पहिले पहिले ४० वर्ष उमेर पार गरेपछि मात्र मानिसलाई मधुमेह रोगले सताउँथ्यो । अहिले २५ देखि ३० वर्षको उमेरमै मानिसहरू मधुमेहबाट पीडित हुने गर्दछन् । मधुमेह भएमा रगत तथा रक्त धमनी तथा तन्त्रिकामा नराम्रो असर पर्दछ, जसका कारण इरेक्टाइल डिसफङ्सनको समस्या हुनसक्छ ।

बढ्दो उमेर

जति जति उमेर बढ्छ, त्यति नै धेरै मानिसमा यौनेच्छा कम हुने गर्दछ । जो पुरुषलाई यौन सम्पर्कमा रुचि कम हुने गर्छ वा जसलाई यौन सम्पर्क गर्दा उत्तेजना हुँदैन, उनीहरू नपुंसक हुन्छन् भने जो पुरुषलाई उत्तेजना हुन्छ तर डरका कारण चाँडै शान्त हुन्छन्, उनीहरू पनि आंशिक रूपमा नपुंसक हुने गर्दछन् ।

हाइपरलिपिडिमिया

हाइपरलिपिडिमिया आफैमा एउटा रोग हो । रगतमा अधिक मात्रामा लिपिड वा बोसो अर्थात् कोलेस्ट्रोल तथा ट्राइग्लिसराइड भएमा यो रोग लाग्ने गर्छ । यस रोगकै कारण मानिसलाई इरेक्टाइल डिसफङ्सन वा नपुंसकताको समस्या हुनसक्छ ।

लक्षण

  • यौन सम्पर्क गर्ने क्रममा शीघ्रपतन वा इरेक्टाइल डिसफङ्सनको समस्या हुनु,
  • सम्भोग गर्दा उत्तेजनाको कमी हुनु इरेक्टाइल डिसफङ्सन वा नपुंसकताको लक्षण हुन सक्छ,
  • समय अगावै स्खलन तथा ढिलो स्खलन पनि इरेक्टाइल डिसफङ्सन वा नपुंसकताको लक्षण हुनसक्छ,
  • पर्याप्त उत्तेजनापश्चात पनि सम्भोग गर्नमा असमर्थ यस रोगको लक्षण हुनसक्छ,
  • यस्तो समस्या दुई वा दुई महिनाभन्दा बढी समयसम्म भइरहेमा तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।

उपचार

इरेक्टाइल डिसफङ्सन अर्थात शीघ्रपतनको समस्याबाट पीडित व्यक्ति खराब सेक्स परफरमेन्सका कारण कैयौ पटक लज्जित हुने गर्छन् । समयमै सही उपचार गरेर पनि यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसका लागि निम्नअनुसारका उपायहरू अपनाउन सकिन्छ ।

औषधी

यौनाङ्गको मांसपेशीमा रक्तसञ्चार बढाउन तथा यौनाङ्गलाई आराम दिलाउनका लागि चिकित्सकहरू विभिन्न औषधीको सेवन गर्न विरामीलाई सुझाव दिने गर्दछन् । समस्याको आधारमा नै दिइने यस्ता औषधीको सेवन यौन सम्पर्क गर्नु करिब आधा घण्टा पहिले सेवन गर्नु पर्दछ । यस्ता औषधी मुटु तथा प्रोस्टेटको समस्या भएकाहरूले भने सेवन गर्नु हुँदैन ।

काउन्सिलिङ्ग

यस्ता रोगका कारण तनाव, चिन्ता वा अन्य वैवाहिक समस्या भएमा काउन्सिलिङ्गको माध्यमद्वारा पनि कम गर्न सकिन्छ । यस्तो समस्या सेक्सको अनुभव कम हुने तर परफरमेन्सको चिन्ता धेरै हुने व्यक्तिहरूलाई हुने गर्दछ ।

इन्जेक्सन

इरेक्टाइल डिसफङ्सनको समस्याबाट बच्न विरामीलाई पापवेरिन नामक विशेष किसिमको इन्जेक्सन दिइन्छ । यसले रक्त प्रवाह बढाउन मद्दत गर्ने यो इन्जेक्सनलाई सीधै लिंगमा लगाइन्छ ।

जीवनशैलीमा बद्लाव
जीवनशैलीमा परिवर्तन ल्याएर पनि यो समस्याबाट राहत पाउन सकिन्छ । यसको लागि खानामा हरियो सागसब्जी, दुग्धजन्य पदार्थको सेवन, भिटामिन तथा मिनरल्सलाई समावेश गर्न सकिन्छ । त्यसबाहेक, धूमपान, मदिरापान तथा अवैध औषधीको सेवन नगरेर तथा शरीरको वजन नियन्त्रण गरेर पनि यो समस्याबाट बच्न सकिन्छ ।

एक्सरसाइज

ब्रिटेनको विश्वविद्यालयमा भएको एक अनुसन्धान अनुसार पेल्विक एरियाको एक्सरसाइजका कारण करिब ४० प्रतिशत पुरुषमा इरेक्टाइलको समस्या सामान्य बन्दै गएको छ । छिटो हिँड्ने, स्वीमिङ्ग वा हप्तामा करिब तीन पटक कार्डियो गर्नाले व्लड सर्कुलेसन बढ्छ र पेल्भिकमा रक्त वाह बढ्ने गर्छ । इटाली तथा इथियोपियामा भएको एक अध्ययन अनुसार एरोविक्सले समेत इरेक्टाइल डिसफङ्सन सुधार गर्न मद्दत गर्छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्