लागुऔषध विरुद्ध अभियान चलाइने



सैघाली खबर

दाङ जेठ ३ । तुलसीपुर उपमहानगरपालिकाले लागुऔषध विरुद्ध अभियान चलाउने भएको छ । लागु औषध सेवनका कारणले समाजमा झैझगडा, महिला हिंसा लगायतका अपराध वढेको भन्दै उपहानगरपालिकाले एक महिने अभियान सञ्चालन गर्ने भएको हो ।  युवासँग सरोकार राख्ने विभिन्न सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा वोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले युवाहरुलाई सृजनशिल कार्यमा लगाएर उनीहरुलाई दुव्र्यसनबाट मुक्त राख्नुपर्ने वताए । पाण्डेले समाजमा हुने विभिन्न प्रकारका घटनाहरु न्युनीकरण गर्नका लागि सबैलाई अभियानमा सहभागि हुन आग्रह गरे ।

 

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश सापकोटाले लागुऔषध ओसारपसारमा युवाहरुको संलग्नता धेरै देखिएको भन्दै प्रहरीको सक्रियताले पछिल्लो समयमा केही कमि आएको वताए । उनले परिवारको लापरवाहीका साथै साथीहरुको लहलहैमा लागेर पनि लागुऔषध तर्फ युवाहरु लाग्ने भएकाले उनीहरुमा चेतन अभिवृद्धि गर्नुपर्ने वताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र वहादुर केसीले तथ्यांकमा आधारमा कार्यक्रम अगाडि वढाउनुपर्ने सुझाव दिदै लागुऔषधको नकारात्मक प्रभावका वारेमा अभिभावकलाई पनि जानकारी गराउनुपर्ने वताए । तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछाने युवाहरुले विजनेस नपाउँदा लागुऔषधतर्फ उन्मुख भएको वताए । दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले युवाहरुलाई खेलकुद तर्फ आकर्षित गर्न सके लागु औषध सेवनबाट उनीहरु टाढा हुने वताएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा सचेतनामुलक कार्यक्रम भएको छ । विभिन्न सरोकारवालाहरुसँगको सहकार्यमा गरिने कार्यक्रम पश्चात वडामा लागुऔषध विरुद्ध सचेतना प्रदान गर्ने समुह समेत गठन गरिने सदस्य सचिव वसन्त विवश आचार्यले जानकारी दिए । आचार्यले असार १२ गते अन्तर्राष्टिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसमा भव्य कार्यक्रम गर्ने गरि सचेतनामुलक अभिमुखिकरणलाई तत्काल अगाडि जानकारी दिएका छन् ।

यसैविच सरोकारवालाहरुको भेलाले जिल्ला युवा परिषद्का अध्यक्ष सुरेश रावतको अध्यक्षता एवम् सम्वन्धित विभिन्न निकायका व्यक्तिहरु सदस्य रहेको सचेतना कार्यक्रम सञ्चालनका लागि समिति समेत वताएको समितिका सदस्य सचिव वसन्त विवश आचार्यले जानकारी गराए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्