अचम्मका कुरा

जेम्सद्धारा १२ सय पटक रक्तदान, बच्यो २४ लाख बच्चाहरुको ज्यान ।।

By थाहा अनलाइन

May 16, 2018

सैघाली खबर/काठमाण्डौँ, २ जेठ। अस्ट्रेलियामा एक जना यस्ता ब्यक्ति छन्, जस्ले केहि बर्षयता १ हजार २ सय पटक रक्तदान गरिसकेका छन् । उनको नाम जेम्स ह्यारिसन । उनलाई ‘भगवान्’ मानिन्छ । उनी विगत ६० वर्षदेखि रक्तदान गरिरहेका छन् र अहिलेसम्म २४ लाख बच्चाहरूको ज्यान बचाइसकेका छन् । उनको हातलाई सुनौलो हात भन्ने गरिन्छ ।

चिकित्सकहरूका अनुसार, यी ८१ वर्षीय वृद्धको रगतमा एक विशेषता छ जुन अन्य व्यक्तिकोमा छैन । उनको रगतमा विशेष किसिमको एन्टीबडी छ । यसले गर्भमा हुर्किरहेका बच्चाहरूलाई ब्रेन ड्यामेज वा अन्य घातक रोगसँग लड्ने शक्ति दिन्छ । जेम्सको रगत नपाएका भए यी शिशुहरू गर्भमा नै मर्थे ।

उनले विगत केही वर्षयता १२ सयचोटि रक्तदान गरेका छन् । तर अब वृद्धावस्थाका कारण चिकित्सकहरूले उनलाई रक्तदानको अनुमति दिएका छैनन् । जेम्स रगत दिन नसकेको विवशताका कारण भावुक भएका छन् । यसैले गर्दा सन् १९६४ देखि अहिलेसम्म लगभग २४ लाख बच्चाहरूको ज्यान बचाउन सकिएको हो ।।