३० प्रतिशत मत खस्यो, उत्साहपूर्ण मतदान -दाङमा



घोराही,
१४-असार /  दाङमा निकै उत्साहपूर्बक मतदानको कार्य भैरहेको छ । जिल्लाका १ सय ५१ मतदान स्थल भित्र रहेका ३ सय ५१ मतदान केन्द्रमा मतदाताहरुले भोट खसालिरहेका छन् ।rtye

विहान ११ बजे सम्म जिल्लाभरी करिब ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिएका छन् । बिहान पहाडी भेग र देउखुरीका हल्का पानी परेपनि अहिले भने अबस्था सामान्य रहेको छ ।

सबै मतदान केन्द्रहरुमा मतदाताहरुले निर्वाधरुपमा भोट खसालिरहेको निर्वाचन कार्यालयले जनाएको छ । मतदानमा जेष्ठ नागरिकहरुलाई बोकेर समेत ल्याईएको भने किरिया बसेकाहरुले समेत भोट खसालेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्