सुनसहित समातिए दुई जना, प्रहरी भन्छ सुन तस्करीकै हो ।।



सैघाली खबर/कञ्चनपुर, २ जेठ।
कञ्चनपुरको गड्डाचौकीस्थित सीमा नाकाबाट आधा किलो सुनसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान भारतीय नम्बरको एउटा जिपबाट आधा किलो सुन भारततिर तस्करी गरिरहेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका हुन् । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले सो जिपबाट आधा किलो सुनसहित तस्करीमा संलग्न दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालले विषेश सूचनाका आधारमा उनीहरुलाई भन्सारकै ब्यारेलमा पक्राउ गरिएको बताए । उनका अनुसार लेबल नलागेको आधा किलो सुनसहित भारतको हरियाणाका जितेन्द्र सैनिक र सुरेश कुमारलाई पक्राउ गरिएको छ । ‘आधा किलो सुन झोलाभित्र राखेका थिए,’ उनले भने, ‘यो सुन तस्करीकै हो ।’

बरामद सुनको बजार मूल्य २५ लाख रहेको प्रमुख भन्सार अधिकृत दाहालले बताए । वैशाख ३१ गते चार दिनका लागि सो गाडीको भन्सार सुविधा काटिएको छ । एक दिन म्याद नसकिदै उक्त सवारी साधन सुन लिएर फर्किएको भेटिएको हो । भन्सार अधिकृत दाहालले प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले सुन कसको र कहाँबाट ल्याएको हो भन्ने बारेमा प्रष्ट हुन बाँकी रहेको बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्