अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री



सैघाली खबर

दाङ , २ जेठ । घोराही उप महानगरपालिका वडा नं. ११ को सहयोग तथा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र दाङ शाखाको आयोजनामा वडा नं. ११ का १६ जना अपाङ्गलाई सहायक सामग्री प्रदान गरिएको छ । अपाङ्ग संघका कार्यवाहक अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा एवं वडाध्यक्ष कुलवहादुर लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाका विभिन्न स्थानका अपाङ्गहरुलाई विभिन्न सहायक सामग्री प्रदान गरिएको थियो ।


घोराही उप महानगरपालिका वडा नं. ११ को कार्यालय खैरामा आयोजना गरिएको कार्यक्रममा सामग्री पाउनेहरु मध्य ह्विल चियर दुई जनालाई प्रदान गरिएको थियो । यमवहादुर बस्नेत र रामवहादुर खत्रीले ह्विल चियर पाउनुभएको थियो । यस्तै कालीप्रसाद चौधरी, डम्वर वहादुर डाँगी र देवकुमारी खड्का र केशर वहादुर खत्रीले बैशाखी पाउनुभएको थियो । सुस्मीता बस्नेत, गुल्पी चौधरी र भगवता चौधरीले सेतो छडी पाउनुभयो । टिकन्या चौधरी र सुनकुमारी विकले लठ्ठी पाउनुभयो ।

सहायक सामग्री वितरण कार्यक्रममा शोभा विक, आशा रोका, गौमती डाँगीले विशेष जुत्ता पाउनुभयो । यस्तै गणेश चौधरी र सन्तोष नेपालीलाई श्रवण यन्त्र प्रदान गरिएको थियो । वडाअध्यक्ष कुलवहादुर लामिछाने र नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्रका कार्यवाहक अध्यक्ष शरद अधिकारीले ति सामग्री वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष लामिछानेले वडामा रहेका सवैखाले अपाङ्गहरुका लागि आवश्यक पर्ने सहायक सामग्री आगामी दिनमा पनि वितरण गरिने जानकारी गराउनुभयो । अझै पनि अपाङ्गता भएकाहरु घरभित्रै लुक्ने चलन रहेको भन्दै बाहिर निस्कीएर आफ्नो क्षमता प्रदर्शन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

वडा कार्यालयले करिव एक लाख रुपैयाको सहायक सामग्री वितरण गरेको थियो । सामग्री वितरण कार्यक्रमको संचालन अपाङ्ग संघका कार्यालय प्रमुख विक्रम तामाङ्ले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्