मुख्य समाचार

राष्ट्रिय दुवाथलन प्रतियोगिता हुने

By थाहा अनलाइन

May 17, 2018

 

सैघाली खबर दाङ,३ जेठ

तुलसीपुरमा खुल्ला राष्टिय दुवाथलन प्रतियोगिता हुने भएको छ । गणतन्त्र दिवसको अबसरमा पुरुष तथा महिला दुवाथलन प्रतियोगिता हुने भएको छ । जिल्ला ट्राइएथलन संघको आयोजनामा प्रतियोगिता हुने छ । खेल क्षेत्रको विकास र विस्तारको लागि उक्त प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गेदलाल भण्डारी गोविन्दले बताए ।

प्रतियोगिता जेठ १५ गते हुने भएकाले सहभागि हुन चाहाने खेलाडीहरुले जेष्ठ १२ गते सम्म संघमा सम्र्पक गरी नाम दर्ता गर्न पनि अनुरोध गरिएको छ । दुवाथलन प्रतियोगितामा रनिङ ७ किलोमिटर र साइकिलीङ् २० किलो मिटर हुने भएको छ । नेपाल ट्राइएथलन संघको संयोजनमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरुको उपस्थितिमा खेल सञ्चालण हुने भएको छ । साथै संघले जिल्ला कार्यसमितीमा ११ जना बाट ४ जनालाई मनोनित गरि १५ जनाको कार्यसमिती बनाएको छ । सदस्यमा सन्तोष केसी, एकराज बस्नेत, विष्णु चौधरी र यादव चौधरी रहेका छन् ।