मदन(आश्रित स्मृति दिवसमा के भने त ओली र प्रचण्डले



सैघाली खबर,
काठमाडौँ, ३ जेठ । आज पार्टी एकताको तयारीमा रहेका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहानैसँगै देखिए ।

यो सन्दर्भ जुराइदिएको हो, एमालेका दिवंगत नेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसले । मदन(आश्रित स्मृति दिवसको सन्दर्भमा एमालेको पुरानो कार्यालय बल्खुमा आयोजित कार्यक्रममा ओली र प्रचण्ड दुबै जना मुख्य वक्ता थिए ।

ओलीले भने – ‘मदन भण्डारीले कोरेको गोरेटो अनुसार नै आजको ऐतिहासिक दिनमा पार्टी एकता हुन गइरहेको छ, आज ५० साल होइन्, २०७५ साल हो । उहाँको निधन भएको २५ बर्ष बितेका छन्, तर, उहाँले जुन बाटो लिनुभएको थियो, त्यो सानो गोरेटो सिक्स लेनको बाटो बनेको छ ।’

अझ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त मदन भण्डारीको स्मृति दिवस पारेर आफैले आज पार्टी एकताका लागि प्रस्ताव गरेको खुलासा गरे । ‘यो नै मदन भण्डारी र जीवराज आश्रितप्रतिको सम्मान हो । उहाँको अवशान भएकै ऐतिहासिक दिनमा हामीले पार्टी एकता गर्दैछौँ, यसमा मलाई गर्व छ ।’ – प्रचण्डले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्