गाडीको ठक्करले शिक्षक चापागाँईको मृत्यु



सैघाली खबर,
बाँके,३ जेठ। गाडीको ठक्करले बाँके जिल्लाको कोहलपुरमा एकजनाको मृत्यु भएको छ । कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय ऋषिराम चापागाँईको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट घाइते चापागाँईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । मृतक चापागाँई शिक्षक हुनुहुन्थ्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्