दाङ
असार १४
स्थानीय निर्वाचन बिथोल्न हानिएको बमलार्इ एकजना प्रहरी हवल्दारले भुइँमा खस्नै नदिर्इ बाहिर फालिदिएका छन् । नेपाल प्रहरीका एकजना हवल्दारले बहादुरी देखाउँदै मतदान केन्द्रमा हानिएको बम भुइँमा नझर्दै बाहिर फालिदिएका हुन् ।
सुरक्षामा खटिएका हवल्दार दुर्गाबहादुर राणाको सहासले दाङको एउटा मतदान केन्द्रमा मतदान बिथोलिन पाएन । मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम राणाले भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फालेका हुन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका(३ अम्बासको बुथमा फालिएको बमलाई हातले च्याप्पै समातेर उहाँले बाहिर फालिदिनुभएको दाङस्थित पत्रकार सुरेशसुमन डाँगीले बताउनुभएको छ ।
मतदान केन्द्रमा फालिएको बम भुइँमा झर्नै नपार्इ बाहिर फालेर मतदातालाई सुरक्षित राख्न सफल हवल्दार रानाको प्रशंसा सुरू भएको छ ।
हवलदार रानाले भुइँमा झर्न नदिइ बाहिर फालेको बम केही सेकेन्डमै विस्फोट भएको थियो । हवल्दार रानाले बाहिर फालेको बम पड्किए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बम पड्काउने कोशिश भए पनि अम्बास बुथमा अहिले मतदान प्रक्रिया सुरक्षितरूपमा अघि बढिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।