​सरकारले श्रम सहजकर्ताले लिन पाउने शुल्क तोक्यो



सैघाली खबर,
काठमाडौं, ३ जेठ । वैदेशिक रोजगारीमा जाने व्यक्ति श्रम स्वीकृतिको बहानामा ठगिने क्रम बढेपछि सरकारले सहजकर्ताले लिन पाउने शुल्क तोकेको छ ।

वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुल्ने क्रम बढेपछि सरकारले फारम भराउन सहयोग गर्ने सहजकर्ताले ३ सय रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको हो ।

श्रम स्वीकृतिका लागि जाने व्यक्तिसँग बीमासहितका विभिन्न बहानामा २५ सयदेखि ३ हजार रुपैयाँसम्म लिने गरिएको थियो । यसलाई नियन्त्रण गर्न ताहाचलस्थित श्रम कार्यालयले सहजकर्ता व्यवसायीसँग गरेको छलफलपछि यस्तो निर्णय गरेको हो । यस्तै लिएको शुल्कको बिल पनि अनिवार्य रुपमा दिनुपर्ने नियम लागु गरिएको छ ।

यस्तै कार्यालयले श्रम स्वीकृतिको काम दुई घण्टाभित्रै हुने गरी योजना बनाएको पनि बताएको छ । लाइनमा रहेका युवासँग छिटो काम गरिदिने भन्दै पैसा असुल्ने बिचौलिया सक्रिय भएपछि डिजिटल क्यु प्रणाली लागु गरेर त्यसलाई व्यवस्थित गर्न लागेको कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्