एमाले र माओवादी पार्टी एकताको घोषणा आज, कस्तो बन्छ नयाँ दल ।।



सैघाली खबर/काठमाण्डौँ, ३ जेठ।
नेकपा एमाले र माओवादी केन्द्रले विहीबार पार्टी एकताको घोषणा गर्ने बताएका छन् । दुई दल बिचको सहमति अनुसार यस्तो बन्ने छ नयाँ दल ।

  • नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी ।
  • नेतृत्व–केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले गर्ने ।
  • ओली सरकारमा र प्रचण्ड पार्टीको संगठनमा बढी केन्द्रित हुने र पार्टीका निर्णयमा दुवै नेताको भूमिका बराबरी हुने समझदारी ।
  • चुनाव चिन्ह सूर्य ।
  • केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय (एमालेका २ सय ४१ र माओवादीका २ सय जना)
  • स्थायी समिति ४३ सदस्यीय (एमालेका २५ र माओवादीका १८ जना) ।
  • महाधिवेशन २ बर्षभित्र गर्ने ।
  • सरकारको नेतृत्व फेर्नेबारे तत्काल केही उल्लेख नगर्ने ।
  • मार्गदर्शक सिद्धान्त महाधिवेशनले टुंगो लगाउने तत्काललाई माक्र्सबाद–लेनिनबादलाई मार्गदर्शक सिद्धान्त मानिने ।
  • र जनताको बहुदलीय जनवाद र माओवादलाई महाधिवेशन हुँदासम्म बहसमा लैजाने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्