पवननगरमा बम विष्फोट



सैघाली अनलाईन खबर
असार १४ , दाङ । तुलसीपुर उप महानगरपालिका १ पवनगर भ्युडरमा सोनपुरमा बम विष्फोट भएको छ ।dfdf

अहिले करिव ४ वजे तिर विरेन्द्र मावि भ्युडर सोनपुर मतदान केन्द्र देखी उत्तर तिरको करिव २ किलो मिटर माथि जंगलमा बम विष्फोट भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । चुनाव वहिष्कार गर्दै हिडेका नेपाल कम्युनिष्ट पार्टी माओवादी ‘विप्लव ’ समुहका कार्यकर्ताहरुले उक्त बम विष्फोट गराएको ईलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी नायक उपरिक्षक लोकनाथ तिमिल्सीनाले जानकारी दिए । बम विष्फोट गराउने टोलीको खोजी कार्य जारी रहेको तिमिल्सीनाले जानकारी दिए । घटना लगत्तै उक्त मतदान केन्द्र लगाएत पवननगरको सुरक्षा व्यावस्था लाई अझै कडाई गरिएको जनाएको छ । तर घटना वाट मानवविय क्षति भने नभएको तिमिलसीनाले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्