आर्थिक

फेरि वढ्यो पेट्रोलियम पदार्थको मूल्य

By थाहा अनलाइन

May 17, 2018

सैघाली खबर, जेठ ३ काठमाडौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बुधबार साँझ बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ।