प्रदेश ३

दुर्घटना छानविनका लागि जाँच आयोग गठन ।।

By थाहा अनलाइन

May 17, 2018

सैघाली खबर/काठमाण्डौँ, ३ जेठ। मकालु एयरको ९ एन एजेयु कल साइन भएको सिंगल इन्जिन सेस्ना विमान दुर्घटना छानविनका लागि जाँच आयोग गठन गरिएको छ । दुर्घटना छानविनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व मआनिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा ४ सदस्यीय जाँच आयोग गठन गरिएको हो ।

अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संस्था आइकाओको एनेक्स १३ अनुसार बनाइएकोे गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली२०७१ अनुसार यो समिति गठन गरिएको हो । सुर्खेत विमानस्थलबाट बुधबार हुम्लाको सिमिकोटका लागि उडान गरेको विमान दुर्घटनामा परी विमानका क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपालीमा मृत्यु भएको थियो ।।