शिशु र आमाको स्वास्थ प्रति तुलसीपुर १० को चासो बढदै



सुशील बस्नेत,
दाङ,३ जेठ।
तुलसीपुर उपमहानगपालिका वडा नम्वर १० ले बालमृत्यु र मातृमृत्यु दर घटाउने अभियानमा जुटेको छ । पोषिलो खानाका बारेमा जानकारि नपाएका र आमाहरु र जन्मेको १ हजार दिन सम्मका शिशुहरुलाई पोषणयुक्त खाना खुवाउने कार्यक्रममा वडा नम्वर १० जुटेको अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो । वडा नम्वर १० मा मात्र कुपोषण भएका १२ जना वालवालिका फेला परेकाले पनि अव तत्काल यसलाई रोक्न पोषिलो खानेकुरा खुवाउने अभियानमा जुटेको अध्यक्ष लामिछानेले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० को आयोजनमा आज बिहीबार गौरिगाँउमा दुई बर्ष मूनिका कुपोषित बच्चाका लागि पोषिलो खाना वातराण कार्यक्रममा चालु आर्थिक बर्षमा ५० हजार रुपैया बिनियोजना गरिएको अध्यक्ष लामिछानेले जानकारि दिनुभयो ।

आगामी बर्षमा थप बजेट बिनियोजन गरि पोषिलो खाना खाने सम्बन्धि चेतना जगाउने कार्यक्रम र उक्त प्रकारको खाना बितरणमा खर्चिने उहाको भनाई छ । पोषण सम्बन्धि जनचेतना बढदै गएको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० की २२ बर्षिया पुष्पा चौधरीले बताउनुभयो ।

२ बर्षकी छोरी काखमा राखि वडा नम्वर १० ले बितरण गर्न लागेको पोषण युक्त खाना लिन गौरिगाँउ पुगेकि पुष्पाले खाना बनाउदा पोषण अर्थात भिटामिन मिलाईर बनाउनु पर्ने र खानुपर्ने बारेमा जानकारि प्राप्त भएको बताउनुभयो । २ बर्ष अघिमात्र लागु भएको सहारा कार्यक्रमबाट खानाको बारेमा हेरबिचार गर्नुपर्छ भन्ने बारेमा जानकारि प्राप्त भएको उहाले बताउनुभयो । जसका कारण पोषण युक्त खाना नखादा लुरे,ख्याउटे,कम तौल भएको बच्चा हुने समस्या आउने उहालेय बताउनुभयो ।

सुहारा कार्यक्रममा जिल्ला को–अर्डिनेटर सुरजकुमार शर्माले कुपोषणको सिकारबाट वालवालिकाको ज्यान समेत जान सक्ने भएकाले यसलाई सबै पक्षबाट गम्भीरता पूर्बक लिनु पर्ने बताउनुभयो । उहाले भन्नुभयो,भयावह अबस्था देखिएको छ । उहाले भन्नुभयो,स्थानिय सरकार,कृषि,पशु,महिला तथा वालवालिका र स्वास्थ्य कार्यालय बिच समन्वय भई अगाडी बढ्ने हो भने कुपोषण लाई न्यूनिकरण गर्न सकिने बताउनुभयो । बेस नेपालको कार्यक्रम संयोजक मानवहादुर चौधरीले जिल्लाभर ५५ जना वालवालिका कुपोषित भएको जानकारी दिनुभयो ।

उहाले तुलसीपुर उपमहानगरपालिकामा ३४ जना सिघ्र कुपोषण र ६३ जना मध्यम कुपोषण भएका फेला परेको बताउनुभयो । सो अवसरमा पत्रकार सुशील बस्नेतले वालवालिका र आमाहरुको स्वास्थ्यका लागि सञ्चालन गरिएको सुहारा कार्यक्रम थप प्रभाबकारी बनाउन स्थानिय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको वारेमा न्यूटे«सन अधिकृत अनुशका केसी,स्वागत मन्तब्य वडा नम्वर १० का वडा सदस्य शेरबहादुर खड्का,परामर्श सामाजिक परिचालिका कल्पना चौधरी र सहजिकरण स्वास्थ्य चौकि टरीगाँउकी प्रमुख पार्वति चौधरीले गर्नुभएको थियो । त्यसअवसरमा ३४ जना वालवालिकालाई केरा,चना,साग,आयोडिनयुक्त नुन,गाजर लगायतका पोषिलो खानेकुरा वितरण गरिएको थियो ।

उक्त कार्यक्रमको यूएसआईडिको प्रतिनिधिमण्डलले अनुगमन समेत गरेको छ । यसैबिच तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा शीघ्र कुपोषणको एकिकृत ब्यबस्थापन कार्यक्रम महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई दिएको छ । उपमहानगरपालिका अन्तर्गतका ५० जना महिला स्वस्थ्य स्वयम सेविकाहरुलाई तालिम दिएको स्वास्थ्य शाखाका सह संयोजक बसन्त आचार्यले जानकारी दिनुभयो । २ दिन तालिमको प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखाका डाक्टर गोर्कण दाहाल,सह संयोजकहरु बसन्त आचार्य र बिष्णुकुमार गिरीलेगर्नुभएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्