गुन्डागर्दी मेरो पहिलो निशाना कास्की एसपी- राना



सागर थापा दाङ ।
पोखरा जिल्ला प्रहरी कार्यालय कास्की प्रमुखका रुपमा हालै मात्र सरुवा भएर कार्यभार सम्हाल्न आइपुगेका प्रहरी उपरिक्षक ओम बहादुर रानाले १२ बुँदामा प्रतिबद्धता जारी गर्दै गुण्डागर्दी विरुद्ध खरो उत्रने बताएका छन् । बुधबार जिल्ला प्रहरी कार्यलय कास्कीमा आयोजित पचियात्मक कार्यक्रममा उनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका प्राथमिकतालाई अक्षरस पालना गर्दै आपराधिक कृयाकलाप उपर कानुनको कठोरतालाई आत्मसाथ गरि गुण्डागर्दी विरुद्व कडा कारवाही थालिने बताए ।

उनले कामको प्राथमिकताका आधारमा जिल्लाको शान्ती सुरक्षामा खलल पुग्ने किसिमका कुनै पनि गतिबिधीमा शुन्य सहनशिलता राखेर काम गर्ने बताए । घरेलु मदिरा , लागु पदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रणमा बिशेष निगरानी गर्दै चोरी, लुटपाट, कालोबजारी न्यूनिकरण तथा न्यायिक निकायसंगको समन्वयमा फरार अपराधीको पक्राउ तथा कारवाहीका लागि काम गर्ने बताए ।

प्रविधियुक्त नागरिक मैत्री प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण तथा स्तरवृद्विमा जोड दिइने गरि आफ्नो कार्य प्राथमिकतामा राखेको बताए । सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक व्यबस्थापन सँगै जनचेतनामुलक कार्यक्रम संचालन गर्ने जानकारी दिए ।
सामाजिक विकृति विसंगति र कुसंस्कार विरुद्व जनचेतानमुलक कार्यक्रमको निरन्तरता दिदै छुट्टा छुट्टै स्क्वायड ९पिलर० खडा गरी अपराधीको खोजतलास तथा कारवाही गर्ने जनाए

यसै विच बिभिन्न कसुरमा पक्राउ परेका आरोपीहरुलाई जिल्ला प्रहरी कार्यलय कास्कीले सार्वजनिक गरेको छ । प्रहरी चेकिङका क्रममा गोरखाका दिपक घलेबाट चोरीका ८ थान मोवाइल र एउटा ल्यापटप त्यसका चार्जर र पावर बैंकका साथ प्रकाउ गरिएको थियो । पोखरा नगर क्षेत्रमा चोरी गर्ने चिसापानी बस्ने विन्दा तामाङलाइ ४ थान मनि व्याग सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । यसैगरि पोखरा घलेचोक बस्ने जुना नेपाली र सुवास रानालाई ९ पोका खैरो हिरोइन सहित पक्राउ गरि सार्वजनिक गरिएको थियो । मिटरमा जान नमानी यात्रु संग बार्गेनिंग गर्ने पोखरा नगर क्षेत्रमा सञ्चालित ट्याक्सीले ३६ वटा ट्याक्सीलाई पनि नियन्त्रणमा लिइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्