गठन भयो नेकपा, नेताहरुले लिए सामुहिक सपथ ।।



सैघाली खबर, काठमाण्डौँ, ३ जेठ।
सामूहिक रुपमा सपथ ग्रहण गर्दै ४४१ सदस्यीय नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको छ । नेकपा एमाले र माओवादी केन्द्रको विघटनपछि अध्यक्ष केपी शर्मा ओलीद्वारा दुवै पार्टी भंग भएको बताउँदै नयाँ पार्टी गठन भएको घोषणा गरेका हुन् ।

बालुवाटारमा भएको संयुक्त बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । अब केही बेरमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने कार्यक्रम रहेको छ । दल दर्ताका सबै प्रक्रियाको जिम्मा देव गुरुङ र सुवासचन्द्र नेम्वाङलाई दिइएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्