एमाले–माओवादीले बनायो ‘हाइकमाण्ड’ ।।



सैघाली खबर/काठमाण्डौँ, ३ जेठ।
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार नारायणकाजी श्रेष्ठलाई प्रवक्ता तोकिएको छ भने विष्णु पौडेल महासचिव बनेका छन् ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् । श्रेष्ठलाई पार्टीका निर्णयहरु जानकारी गराउने र पौडेलले संगठनको काम गर्ने जिम्मेवारी दिइएको छ ।

एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्