पार्टी एकताको स्वागत गर्न दीप प्रज्वलन



दाङ ३ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताको स्वागत स्वरुप दाङमा दीप प्रज्वलन गरिएको छ । घोराही स्थित सहिद गेटमा दीप प्रज्वलन गरिएको हो । नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का र माओवादी केन्द्रका घोराही उपमहानरपालिका ईन्चाज विश्वराज न्यौपानेले संयुक्त रुपमा दीप प्रज्वलन गरी नेपाल कम्युनिष्ट पार्टी घोषणको स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले पार्टी एकताले समाजबादमा पुग्ने नयाँ ढोका खोलेको वताउँनुभयो । गरिव असाय अपाङ समाजमा पछाडी पारिएको बर्ग समुदायलेको अधिकार स्थापित हुने वताउँदै त्यसका लागि सम्पूर्ण कम्युनिष्टहरु एक ठाउँमा आउँन आग्रह गर्नु भएको थियो । कार्यक्रमको संचालन विश्वराज आचार्यले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्