शक्तिशाली बनेको नेपाल कम्युनिष्ट पार्टीमा



काठमाडौं । बिहीबार राष्ट्रिय सभागृहमा एमाले–माओवादी पार्टीको एकीकरण बाट नेपाल कम्युनिष्ट पार्टीको षणा गरिएको छ ।

४४१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको नयाँ पार्टी अब नेपालको शक्तिशाली कम्युनिष्ट पार्टी भएको  छ ।

अव यो पार्टी गत निर्वाचनमा पाएको मतको आधारमा ४५ लाख मतदाता भएको पार्टी बनेको छ भने १७५ निर्वाचन क्षेत्रमध्ये ११६ स्थानमा प्रत्यक्ष निर्वाचन जितेको पार्टी भएको छ ।

त्यस्तै प्रतिनिधिसभामा रहेको २७५ सिटमध्ये यो पार्टीको मात्रै १७५ सिट भएको छ । त्यसैगरी राष्ट्रियसभाका ५९ सिटमध्ये यो पार्टीको पक्षमा ४२ सांसद रहेका छन् ।

सात प्रदेशमध्ये ६ वटा प्रदेशमा यो पार्टीको सरकार र ७५३ स्थानीइ निकायमध्ये ४५ प्रतिशत यो पार्टीले निर्वाचन जितेको हुनेछ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्