सडक दुर्घटनामा एक पैदल यात्रुको मृत्यु



सैघाली खबर
सुर्खेत ,४ जेठ
सडक दुर्घटनामा एक पैदल यात्रुको मृत्यु भएको छ। सुर्खेत– १० रत्न राजमार्गको नारायण पेट्रोल पम्पनजिकै बिहीबार साँझ भे १ त ६८६७ नं को ट्रयाक्टरले ठक्कर दिँदा जुम्ला तातोपानी गाउँपालिका– ४ का ६२ वर्षीय मनसा पाण्डेको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीयले नर्सिङ होमतर्फ लगेका थिए। तर बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालक लेकबेसी– ८ चिङगाडका २१ वर्षीय प्रेमराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्