मुख्य समाचार

सडक दुर्घटनामा एक पैदल यात्रुको मृत्यु

By थाहा अनलाइन

May 18, 2018

सैघाली खबर सुर्खेत ,४ जेठ सडक दुर्घटनामा एक पैदल यात्रुको मृत्यु भएको छ। सुर्खेत– १० रत्न राजमार्गको नारायण पेट्रोल पम्पनजिकै बिहीबार साँझ भे १ त ६८६७ नं को ट्रयाक्टरले ठक्कर दिँदा जुम्ला तातोपानी गाउँपालिका– ४ का ६२ वर्षीय मनसा पाण्डेको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीयले नर्सिङ होमतर्फ लगेका थिए। तर बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालक लेकबेसी– ८ चिङगाडका २१ वर्षीय प्रेमराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ।