दाङमा ७४ प्रतिशत मत खस्यो



असार १४ , दाङ । दाङमा आज सम्पन्न स्थानिय तहको निर्वाचनका लागि भएको मतदानमा ७६ प्रतिशत मख खसेको छ । मुख्य निर्वाचनको कार्यालय दाङले वुधवार सम्पन्न स्थानिय तहको निर्वाचनमा ७६ प्रतिशत अर्थात २ लाख १८ हजार ३ सय ३९ मत खसेको जनाएको छ ।

जसमा घोराही उप–महानगरपालिकाlocal-elections ७८ हजार ४ सय २८ मतदाता मध्ये ५८ हजार ५ सय ३९ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।तुलसीपुर उप–महानगरपालिकामा ७६ हजार ८ सय ९३ मतदाता मध्ये , ५७ हजार ३ सय ६७ मत खसेको छ । जसमा ३१ हजार ९ सय ६१ महिला रहेका छन । लमही नगरपालिकामा २४ हजार ९ सय ३६ मतदाताहरु मध्ये १९ हजार २ सय २५ मत खसेको छ । जसमा १० हजार ८८ महिला र ९ हजार १ सय ३६ महिला रहेका छन ।

   जसमा ३२ हजार ८ सय ४६ महिला रहेका छन । राप्ती गाँउपालिका २२ हजार ९ सय ५ मतदाता मध्ये १७ हजार ४ सय ९४ मत खसेको छ । जसमा ९ हजार ३ सय ९० महिला र ८ हजार १ सय ४ पुरुष रहेका छन । त्यस्तै दंगिशरण गाँउपालिकामा १३ हजार ४ सय २४ मतदाता मध्ये १० हजार ४२ मत खसेको छ । जसमा ५ हजार ५ सय ७१ महिला र ४ हजार ४ सय ७१ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख बिजय कुमार कार्कीले जानकमारी दिए ।

त्यस्तै बबई गाँउपालिकामा १६ हजार ८७ मतदाताहरु मध्ये ११ हजार ९ सय ८ मत खसेको छ । जसमा ६ हजार ५ सय १७ महिला र ५ हजार ३ सय ९१ पुरुष रहेका छन । राजपुर गाँउपालिकामा १० हजार ४ सय २३ मतदाता मध्ये ८ हजार ४५ मत खसेको छ । जसमा जसमा ३ हजार ८ सय ४७ महिला र ४ हजार १ सय ९८ पुरुष रहेका छन ।

त्यस्तै शान्तीनगर गाँउपालिका १५ हजार ६ सय १ मतदाताहरु मध्ये ११ हजार ,५ सय , ७३ मत खसेको छ । जसमा ६ हजार ५ सय ४० महिला र ५ हजार ३३ पुरुष रहेका छन । बंगालचुली गाँउपालिका ११ हजार ४ सय ७ मतदाता मध्ये ८ हजार , ३ सय ५ मत खसेको छ । जसमा ४ हजार ६ सय ५९ महिला र ३ हजार ६ सय ४६ पुरुष रहेको कार्कीले जानकारी दिएका छन ।

त्यस्तै गढवा गाँउपालिकामा २१ हजार ७१ मतदाताहरु मध्ये , १५ हजार ८ सय ४१ मत खसेको छ । जसमा ८ हजार २ सय ३७ महिला र ७ हजार ६ सय ४ पुरुष रहेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार २ लाख ९१ हजार १ सय ७५ मतदाताहरु मध्ये २ लाख १८ हजार ३ सय ३९ मत खसेको निर्वाचन अधिकृत विजय कुमार कार्कीले जानकारी दिए ।

सारसंक्षेप विवरण –

123

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्