आर्थिक

घोराहीमा सुन किन्नेलाई विशेष उपहार

By थाहा अनलाइन

May 18, 2018

गोविन्द खड्का, घोराही, ४ जेष्ठ। घोराही बजारमा सुन किन्नेले विशेष उपहार पाउने भएका छन् । सुन संगै पसलवाट ग्राहकले उपहार कुपन लैजाने छन् । उपहार कुपन मार्फत हरेक महिना ग्राहकलाई सुनको सिक्का उपहार दिने कार्यक्रम मंगलवार देखि लागुगरेको नेपाल सुनचा“दी व्यवसायी संघ घोराहीले जानकारी दिएको छ । संघको नव निर्वाचित कार्यसमितिले ग्राहकको मन जित्न नया कार्यक्रम लागु गरेको जानकारी दिएको छ ।

विनोद विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले जेठ देखि उपहार कुपन कार्यक्रम ल्याएको हो । सबै सुन पसलहरुले संघले वितरण गरेको राख्नुपर्ने छ र ग्राहकलाई दिनुपर्ने छ ।

‘कुपन ग्राहकलाई दिन्छौ, त्यसको अर्धकट्टि हामि संग रहन्छ’ संघका उपाध्यक्ष सोम सुनारले भन्नुभयो, ‘जसलाई उपहार पर्छ उहाले कुपन लिएर आउनुहुन्छ । अर्धकट्टि संग भिडाएर जितेको उपहार लैजानुहुन्छ ।’ उहाका अनुसार पादर्शी ढगले उपहार कुपन खोलिने छ । जित्नेलाई सिक्का दिईने छ । सुनको बजार सुस्ताएको सुनचादी व्यवसायीले बताएका छन् ।

विभिन्न कार्यक्रम ल्याएर ग्राहक खिच्ने अभियानमा व्यवसायी लागेका छन् । जिल्लाकै अन्य बजारका ग्राहकलाई घोराहीमा लोभ्याउने तरिकाका रुपमा उपहार कुपन लागु गरेका छन् । ‘ग्राहकलाई फाइदा हुने काम गरेका छौ’ नेपाल सुनचा“दी व्यवसायी महासंघका केन्द्रिय सदस्य एवं घोराहीका सल्लाहकार धु्रर्वकुमार गहतराजले भन्नुभयो, ‘कुपन बिक्री बाट उठेको केहि रकम संघको नाममा रहने छ । केहि रकम उपहारका रुपमा दिनेछौ ।’ उहाका अनुसार संघले आमदानीको स्रोत पनि थपेको छ । घोराही क्षेत्रमा ६० सुनचा“दी व्यवसायीले व्यवसाय दर्ता गरेको कार्यालयले जनाएको छ । त्यसमा ५३ वटाको व्यवसाय चालु छ । केहिले सुनचादीका अन्य उपकरण बेच्ने तथा मेसिनरी काम गर्छन् । अहिले ४५ पसलहरुले कुपन दिएर कारोबार सुरु गरेका छन् । सुन वा चादि जुन गहना किने पनि उपहार कुपन पाईने संघले जनाएको छ । थोरै धेरै जति खरीद गरेपनि उपहार योजनामा भाग लिन पाउने छ । हरेक महिनाको अन्तमा उपहार खोलिने छ ।