तुलसीपुरबाट ठुलो मात्रामा चोरीका सामग्री बरामद



सैघाली खबर,
तुलसीपुर ४ जेठ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले चोरीका सामग्री बरामद गरेको छ । बिहिबार तुलसीपुर उपमहानगरपालिका वडा नंबर ७ खर्चवाका दुई घरबाट चोरी गरिएका लाखौंका सामग्री बरामद गरिएको हो । सोनी कम्पनिको ४२ ईञ्चका एलईडि टिभि, ल्याप्टप, कम्प्युटर, मोटरसाईकलको ट्याङ्की, उफरलगायत थुप्रै सामाग्रीहरु बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

बिशेष सुचनाका आधारमा छापा मार्दा दुई घरबाट उक्त सामाग्री फेला पारिएको उनले बताए । साथै चोरीमा संलग्न भएको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । सोही ठाउ निबासी १७ बर्षीय सचिन चौधरी, २० बर्षीय रबिन चौधरी, २२ बर्षीय कृष्ण चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै अहिले प्रहरीले उक्त गाउँमा नै खोजी कार्य जारी राखेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्