आर्थिक

केरा खेतीमा दश लाखको क्षति ।।

By थाहा अनलाइन

May 18, 2018

सैघाली खबर/कञ्चनपुर, ४ जेठ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो ।

हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि शाखा प्रमुख वीरबहादुर कुँवरले बताए । हावाहुरीले केरा खेतीमा निकै नोक्सानी पु¥याएपछि किसानले क्षतिपूर्तिका लागि नगरपालिकासम्म पुगेका छन् । १३ हजार ५४५ वर्ग्मिटर क्षेत्रफलमा केराखेती गरेका मोहन रानाले केराका सबै पसाएका बोट ढलेपछि ठूलो क्षति ब्यहोर्नु परेको हो ।।