नक्कली मतदाता पक्राउ



दाङ १४ असार । दाङमा नक्कली मतदाता बनेर भोट हाल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । देउखुरीको गढवा गाउँपालिका ४ मा रहेको दिपेन्द्र आधारभुत विद्यालय पर्सेनी केन्द्रबाट भोट हाल्न खोज्ने नक्कली मतदाता पक्राउ परेका हुन् ।Gadhawa-Gaunpalika-Dang 1

उनले आफ्ना दाईको नाममा भोट हाल्न खोज्ने राहत अलीलाई प्रहरीले पक्राउ गरेको हो । अलीले आफ्ना दाजु अहमद राज अलीको नाममा भोट हाल्न खोजेको प्रहरीले बताएको छ ।

मतदाता नामावली रुजु गर्ने क्रममा शंका लागेर सोधपुछ गर्दा उनी नक्कली मतदाता भएको पत्ता लागेको हो । अलीलाई ईलाका प्रहरी गढवाले पक्राउ गरेको छ । उनीबार थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्