६ जना विद्यार्थीको अभिभावक पत्रकार नवीन अभिलाषी



अमिता चौधरी
दाङ, जेठ ४ 

दाङका पत्रकार नवीन अभिलाषीले ६ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका छन् । असहाय विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै शिक्षामा सहयोग पुर्याउने सरकारको राष्ट्यि अभियानलाई सहयोग गर्दै नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य तथा गणतन्त्र दैनिकका सह–सम्पादक नवीन अभिलाषीले ६ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित मावि झिङनी बन्जाडीमा कक्षा ७, ८, ९ र १० कक्षामा अध्ययन गर्ने ६ जना दलित बालबालिकाको अध्ययनका लागि लाग्ने सम्पुर्ण खर्च पत्रकार नवीन अभिलाषीले बेहोर्नु भएको छ । मावि झिङनी बन्जाडीमा कक्षा ७ मा अध्ययन गर्ने रितु नेपाली, भिम सुनार, कक्षा ८ मा अध्ययन गर्ने सुस्मिता विक, हेमराज गन्धर्व, कक्षा ९ मा अध्ययन गर्ने मनिषा नेपाली र कक्षा १० मा अध्ययन गर्ने शान्ता नेपालीको अभिभावकत्व ग्रहण गर्दै शैक्षिक क्रियाकलापमा लाग्ने सम्पुर्ण खर्च बेहार्नु भएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घरको आर्थिक अबस्था कमजोर भएको र पारिवारीक अबस्था पनि नाजुक भएका कारण विचमै पढाई छोड्ने अबस्थामा पुगेका ती विद्यार्थीहरुलाई पत्रकार अभिलाषीले विद्यालय मै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो । ६ जना विद्यार्थीहरुको लाग्ने एकमुष्ट शुल्क १७ हजार ४ सय ५० रुपैया र विद्यार्थीहरुको लागि शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

यसैविच नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति दाङले पनि मावि झिङनी बन्जाडीमा कक्षा ९ मा अध्ययन गर्ने अर्जुन चौधरीको अभिभावकत्व ग्रहण गरेको छ । विद्यालयमा पुगेर युनियनमा बामदेव खनाल र टे्ड युनियनका जिल्ला अध्यक्ष दलबहादुर बस्नेत सहितले समुहले विद्यार्थी अर्जुन चौधरीको लागि विद्यालय पोशाक, शैक्षिक सामग्री र शुल्क सहयोग गरेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्