प्रथम विज्ञान प्रविधि राष्ट्रिय युवा सम्मेलन हँुदै



सैघाली खबर/काठमाडौँ, ४ जेठ।

प्रथम विज्ञान प्रविधि राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । विज्ञान, सूचना तथा प्रविधिका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्थाका बारेमा समीक्षा गर्दै आगामी १० वर्षका लागि आवश्यक कार्यनीति तय गर्न आगामी असार ४ देखि ६ गतेसम्म राजधानीमा प्रथम विज्ञान तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आयोजना हुन लागेको हो ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा हुने सो सम्मेलनमा प्राकृतिक विज्ञान, चिकित्सा र आयुर्वेद, इन्जिनियरिङ र पदार्थ विज्ञान, जीवन विज्ञान, सूचना, सञ्चार तथा प्रविधि, कृषि तथा वन विज्ञान, विकिरण तथा ऊर्जा, अति सूक्ष्म प्रविधि र व्यावसायिक शिक्षा गरी १२ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।

विज्ञानलाई सर्वसाधारण जनतासँग जोड्न आवश्यक भएको भन्दै पहिलोपटक यस किसिमको सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका संयोजक खिम पन्थीले बताए । सम्मेलनका बारेमा जानकारी गराउन आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाली युवाले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरिरहेका आविष्कार, अनुसन्धानलाई आमसमुदाय, वैज्ञानिक र नीतिनिर्मातामा प्रस्तुत गर्नु सम्मेलनको उद्देश्य रहेको उनले जानकारी दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का प्राज्ञ ऋषि शाहले नेपाली युवा वैज्ञानिकलाई देशभित्रै अध्ययन अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्