जलाशय संरक्षणमा घोराहीको बृहत् योजना



पाण्डब शर्मा
दाङ, ४ जेठ । घोराही उप– महानगरपालिकाले जलाशय संरक्षणमा वृहत योजना अघि सारेको छ । योजना अनुसार उप–महानगरपालिकाको वडा नं १३ मा करिव एक किमि क्षेत्रफलको ड्याम निर्माण गर्न थालिएको छ । आर्थिक वर्ष २००७४ मा ९७ लाख रुपैयाँमा सो क्षेत्रमा ड्याम निर्माण गरिएको छ । आगामी वर्षमा थप बजेट विनियोजन गरिने घोराही उप– महानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिए । सो ड्यामले सिचाई, खानेपानी, पर्यटन र वातावरण संरक्षणमा निकै टेवा पुग्ने उनले बताए । ‘एउटै योजनाबाट बहुउपयोगी काम गर्न सकिन्छ,’ चौधरीले भने, ‘हामीले त्यस क्षेत्रमा सानो स्तरको निकुञ्ज समेत स्थापना गर्ने योजना बनाएका छौं ।’ उप–महानगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठले ड्याम निर्माण पछि तल्लो भेगमा पानिका मुलहरु आउन थालेका छन् । भविष्यमा घोराही, सर्रा र नारायणपुर क्षेत्रमा खानेपानिका लागि सो ड्याम प्रमुख स्रोत बन्ने उनको दावी छ । अहिले वराह क्षत्र देखि कलमघारीको करिव एक किलोमिटर क्षेत्रमा २२ मिटर गहिरो ताल बनेको छ । चारै तर्फ पहाड भएकाले ड्याम बनाउन निकै कम लागत लागको श्रेष्ठ बताउँछन् । ‘हामीले केही स्थानमा मात्रै ड्यामको काम गर्नुपर्ने छ, अधिकांश क्षेत्र प्राकृतिक रुपममा अवस्थित छ,’ उनले

भने, ‘भुगोलले साथ नदिएको भए यति ठूलो ड्याम बनाउन करोडौं रुपैयाँ खर्च लाग्दथ्यो ।’ उपमहानगरपालिकाले ड्यामबाट ८ क्षेत्रमा उपलब्धि हासिल गर्ने अपेक्षा गरेको छ । मुख्य कुरा आकाशेपानी संरक्षण गरेर जमिनि मुनि पानिको सिंचित गर्नु हो । यसबाट दाङलाई खण्डहर हुनबाट बचाउन सकिने उप– महानगरको अपेक्षा छ । त्यसैगरी ज्यामिरे दहको तल्लो भागमा विगतमा खानेपानीको निकै संकट आएको थियो । तर, अहिले ७ लिटर प्रतिसेकेण्ड पानि मुहानमा आउने गर्छ । सो क्षेत्रमा रहेको करिव ४० हेक्टर सामुदायिक वनमा विभिन्न प्रजातिका चराचुरुङ्गी तथा जनावहरु पाइन्छन् । उनीहरुलाई पानी प्रशस्त हुने श्रेष्ठले बताए । उनका अनुसार तल्लो भेगमा कृषि सिचाईका लागि उप–महानगरपालिकाले योजना बनाईरहेको छ ।

दहमा व्यवसायीक माछापालन गरिने श्रेष्ठले जानकारी दिए । ‘चिस्यान बढेर वातावरण संरक्षणमा निकै सहयोग पुगेको छ,’ उनले भने, ‘दीर्घकालिन रुपमा उपमहानगरमा खानेपानीको समस्या समाधान गर्न सकिने छ ।’ ज्यामिरे दह क्षेत्रलाई पर्यटन केन्द्रको रुपमा स्थापित गरेर नगरपालिकाले आम्दानीको स्रोत विकास गर्न सक्ने श्रेष्ठले बताए । उप–महानगरले अहिले जलाशय संरक्षणलाई आफ्नो प्रमुख प्राथमिकता बनाएको छ । १ नं देखि १९ नं सम्मका सबै वडाहरुमा साना तथा ठूला जलाशय संरक्षणका योजना अघि सारिएको मेयर चौधरी बताउँछन् । ‘पानी विना जीवनको कल्पना गर्न पनि सकिदैन,’ उनले भने, ‘पछिल्लो समय दाङमा तीव्र शहरीकरण तथा जनसंख्या वृद्धि भइरहेको छ, भविष्यमा पानीको संकट नआयोस् भनेर हामीले जलाशय संरक्षणको योजना अघि सारेका हौं ।’ ठूला जलाशय संरक्षणले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने चौधरी बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्