मूल्यवृद्धिको विरोधमा आयल निगममा देखियो यस्तो रमिता ।।



सैघाली खबर/काठमाडौँ, ४ जेठ
नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो ।

नेवि संघका नेता दीपक भट्टराईले आयल निगमले कमिसनका लागि पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै नेवि संघ मूल्यवृद्धिको विरोधमा उत्रिएको बताएका छन् । उनले आयल निगम कमिसनमा नभई पारदर्शी रुपमा चल्नुपर्ने बताएका छन् । नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्